१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

समाजसेवी पदम श्रेष्ठद्धारा नेपाल स्नेहा काखलाई आर्थिक सहयोग



काठमाडौं । समाजसेवी तथा उद्यमी पदम श्रेष्ठले ‘नेपाल स्नेहा काख’ लाई आर्थिक सहयोग गर्नुभएको छ ।

समाजसेवी श्रेष्ठको परिवारले ललितपुरको धापाखेल २३ मा पुगेर घरबार बिहिन तथा आमा बुवाको मायाबाट बञ्चित भएका अवोध नानीहरुलाई संरक्षण दिँदै आइरहेको संस्थालाई सहयोग गर्नु भएको हो ।

श्रेष्ठले आफ्नै छोरीको जन्मदिनको खर्च कटाएर २० हजार र स्व. बुबा अम्बर बहादुर श्रेष्ठको नामबाट ३० हजारगरी  ५० हजार सहयोग गर्नु भएको थियो । श्रेष्ठले भन्नु भयो,‘हामी सामाजिक कार्यहरु गर्न चाहान्छौं। सकेको सहयोग पनि गर्छौ । यही अनरुप यो पटक नेपाल स्नेहा काख आश्रमलाई सहयोग गरिएको हो।’

उहाँले विगतदेखि नै विभिन्न ठाउँमा सहयोग गर्दै आउनु भएको छ । यस्तै उहाँको दिदीबहिनी र भाईले समेत स्नेहा काखलाई नगद जम्मा ८५ हजार रुपैँया सहयोग गर्नु भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार ००:००  १२ : ०३ बजे