१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भीमसेन साँढे बोकाको त्रास, घाइते महिलालाई वीर अस्पताल भर्ना



दोलखा । दोलखा भीमेश्वर मन्दिरमा छाडिएको साँढे बोकाले डिलढुंगा तथा चक्पा आसपासमा सर्वसाधरणलाई हान्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

साँढे बोका केही महिनादेखि नै डिलढुंगा क्षेत्रमा आउने जाने गरेको स्थानीयको भनाई छ । भीमसेन बोकाले केही दिनअघि मात्रै तीनजनालाई हानेर घाइते बनाएको थियो ।

स्थानीय अमित तामाङका अनुसार भीमसेन बोका केही महिनाअघि देखि नै डिलढुंगा क्षेत्रमा बस्ने गरेको छ । भीमसेन बोकाले पुरुषलाई भन्दा पनि महिलाहरुलाई झम्टिएर हान्ने गरेको तामाङको भनाई छ ।

भीमसेन बोकाले दावा तामाङ, माइलि तामाङ र कालि तामाङलाई हानेर घाइते बनाएको थियो । तामाङलाई बोकाले हानेको देखेपछि अमित तामाङले साँढे बोका धपाएर पठाएको थियो । दावा र माइलि तामाङले अस्पतालमा स्वास्थ्य परिक्षणसहित औषधि खाइरहेको छ ।

गाउँमा साँढे बोकाले आतंकित गर्न थालेपछि वडा अध्यक्ष, प्रहरी कार्यालय, दोलखा प्रहरी इकाई, गुठीमा जानकारी गराएको अमित तामाङले बताए । दोलखा प्रहरी इकाईको टिमले बलेरोमा साँढे बोका हालेर लगेपनि फेरी डिलढंगामा बोका आइपुगेको छ । गाउँमा आतकै फैलाएपछि साँढे बोका बाँधेर राखिएको अमितले जानकारी दिए ।

साँढे बोकाले हानेर गम्भीर घाइत भएकि कालि तामाङलाई पशुपति चौलागाई स्मृति अस्पताल भर्ना गरिएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि धुलिखेल अस्पताल दोलखामा रिफर गरिएको थियो । धुलिखेल शाखाले पनि काठमाडौ वीर अस्पताल पठाईको छ स्थानीय सिंग बहादुर तामाङले जानकारी दिए ।

भीमेश्वर मन्दिर पूजा तथा गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले यो विषयमा समितिमा छलफल गरेर साँढे बोका व्यवस्थापन गर्ने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ००:००  ९ : ०७ बजे