रत्न कुमार तामाङ (रामकुमार)
नेपालमा माओवादी जनयुद्ध चर्कदै गएपछि पर्यटन व्यवसाय धरासायी हुँदै गयो । यहीँ कारण पर्यटन क्षेत्रमा आबद्ध पर्यटन व्यवसायीहरु यस क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था आयो । नचाहँदा नचाहँदै विदेशीनुपर्ने बाध्यता आइलागेपछि मैले अमेरिका जाने सोंच बनाएँ । अमेरिकी दुतावासमा गएर भिषाका लागि आवेदन दिएँ, एक शब्द पनि नसोधिकन सहजै भिसा दियो ।
विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका जान पाउँदा खुशी नहुने कुरै भएन । सन् २००८ मा बैँककबाट सिओल हुँदै लामो हवाइ यात्रा गरेर न्युयोर्क पुगें ।
न्युयोर्कमा धेरै नेपाली साथीहरुसँग भेटघाट भयो । देशमा द्धन्द्ध चर्किदै गएको र पर्यटन व्यवसाय पूर्णरुपमा ध्वस्त भएकाले अमेरिका आउनु परेको कुरा बताएँ । साथै, आफ्नो परिवारलाई पनि अमेरिका नै ल्याउन चाहेको कुरा साथीहरुसँग शेयर गरेँ । त्यसपछि साथीहरुले ग्रिनकार्ड लिनका लागि आवेदन दिन सुझाए । अमेरिका पुगेको एक महिना भित्रै ग्रिनकार्डका लागि आवेदन दिएँ ।
ग्रिनकार्ड लिनका लागि नेपाल छोड्नुपर्ने कुनै विशेष कारण खुलाउनुपर्ने रहेछ । मैले आफु राजावादी पार्टीको केन्द्रिय सदस्य भएको र माओवादी छापामारबाट आफू असुरक्षित भएकाले अमेरिका आएको झुट विवरण पेश गरें । अदालतले मलाई ग्रिनकार्ड पाउन अयोग्य ठहर गर्यो । त्यसपछि मैले फेरी उच्चअदालतमा मुद्दा दायर गरें ।
अदालतमा मुद्दा चलिरहेको थियो । अमेरिका जस्तो ठाउँमा पैसा बिना बाँच्न कठिन थियो । पैसा कमाउन केही काम त गनै पर्यो । साथीहरुले न्युयोर्कको राम्रो चल्ने एउटा गिफ्ट पसलमा होम डेलिभर गर्ने काम मिलाइदिए । युरोपमा काम गरेको अनुभव भएकाले मलाई अमेरिकामा डेलिभरी ब्वयको काम गर्न गाह्रो भएन । एक हप्तामै काम गर्न सिकिहालें ।
बिहानै उठेर हतार–हतार काममा दौडनुपर्ने । हतारमा खाजा खायो, त्यसपछि काममा लागिहाल्नुपर्ने । बिहानभरि फूल सफा गरेर दिउँसो डिलिभरिको लागि तयार पानुपथ्र्यो । धेरै वटा गिफ्ट अर्डर हुँदा कम्पनीले गाडी पठाइ दिन्थ्यो । तर १,२ वटा अर्डर हुँदा भने टेन वा लोकल बसमा, होइन भने पैदलै पुयाउन जानुपथ्र्यो । फूलको गुच्छा लिएर घण्टौ टाढासरम्म कहिले टेनमा त कहिले बसमा उभिएर जानुपथ्र्यो । ठूला ठूला फुलका गमला लैजान भने ठाउँ छैन भनेर बसले चढाउनै नमान्ने । त्यसपछि बोकेरै पुयाउनु पथ्र्यो ।
काखी मुनि एक एकवटा फूल च्यापेर दुइ हातले अर्को गमला गरी तीनवटा फूल एकैसाथ बोकेर न्युयोर्कको सडकमा सिंगान चुहाउँदै हिंडेको त्यो क्षण आज सम्झदा पनि मनमा पिडा हुन्छ । ठूलो गमला काँधमा बोकेर घण्टौ हिड्दा एकपटक त काँधको छाला नै खुइलिएछ । त्यसबेला भने अत्यन्तै दुख लाग्यो, काम गर्न मनै लागेन । करीब ३ महिना काम गरेपछि डेलिभरि ब्वयको काम गर्न छोडिदिएँ ।
डेलिभरि ब्वयको काम छाडेपछि साथीलाई रेष्टुरेन्टमा काम खोजी दिन आग्रह गरें । भारतीय मूलका व्यापारीको रेष्टुरेन्टमा काम पाएँ । रेष्टुरेन्ट मालिक राम्रै थिए । कामप्रतिको मेरो लगनशीलता देखेर खाना रेष्टुरेन्टमै खान दिन्थे । करीब ९ महिना काम गरेपछि उच्च अदालतको फैसला आयो । उच्च अदालतले पनि मलाई ग्रिनकार्ड पाउन अयोग्य रहेको ठहर गयो ।
अमेरिकामा अनाधिकृत रुपमा कुनै कठीनाइ थिएन । अनाधिकृत रुपमा बस्दा पनि महिनामा पाँच छ लाख रुपैँया सजिलै कमाउन सकिन्थ्यो । तर मेरो चाहना पैसा कमाउनु नभइ कानुनी रुपमा ग्रिनकार्ड लिएर स परिवार अमेरिका बस्ने भन्ने थियो । तर उच्च अदालतको फैसला पनि आफ्नो पक्षमा नआएपछि अमेरिका बस्ने इच्छा सदाको लागि त्यागेर नेपाल फर्किएँ ।
यात्रा संस्मरण तामाङको टे«किङका सम्झनाहरु पुस्तकाबाट साभार गरिएको हो ।