५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी



नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् ।

वैद्य ४३ मत पाउँदै विजयी भए । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।

यसैगरी वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएको निर्वाचन समितिले जनाएको छ । तीन उपाध्यक्षमध्य एशोसिएटतर्फको मतगणना जारी छ ।

वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।

#FNCCI_NEWS

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार ००:००  ७ : ४९ बजे