२४ मंसिर २०८०, आइतबार | Mon Dec 11 2023

भैरवको मुखबाट छ्याङ पिउन तँछाडमछाड



काठमाडौँ । इन्द्रजात्राको अर्को आकर्षणको रूपमा रहेको हाथु द्यः (श्वेत भैरवको मुखबाट छ्याङ पिउन) को लागि महिलाबिच प्रतिस्पर्धा भएको छ ।

नेवा: समुदायका महिला इन्द्रजात्राको छैटौँ दिन इन्द्रजात्रा पर्वको अवसरमा मात्र खोलिने श्वेत भैरवको विशाल मूर्तिको मुखमा पाइप राखेर त्यसबाट थ्व‍ं (राइस बियर) पिउन तँछाडमछाड गर्छन् । त्यो पिएमा स्वस्थ र निरोगी हुने विश्वास छ ।

पहिला पुरुषहरू मात्र सहभागी हुने उक्त अवसर केही वर्षयता एकदिन महिलाका लागि पनि छुट्ट्याउन थालिएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार ००:००  ९ : १२ बजे