१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कोकाकोलाले पाँचौ मोःमोः उत्सव गर्ने



काठमाडौं। बहुराष्ट्रिय कम्पनी कोका–कोलाले पाँचौ मोःमोः उत्सव गर्ने भएको छ।

यो महोत्सबमा कोक र मःमः को उत्कृष्ट संयोजन रहने गर्छ। कम्पनीका अनुसार यो वर्ष मःमः मात्र नभएर नेपालको सबै परिकारका लोकप्रिय खानाहरुको संयोजन गरिएको छ। कम्पनीले यो अभियानको ट्यागलाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” राखेको छ।

यो अभियानमा लोकप्रिय अभिनेत्री साम्राज्ञी शाह तथा अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सहभागी छन्। कोका कोलाका नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले कोका कोला र खानाको संयोजन विश्वव्यापी परम्परा रहेको बताउँदै नेपालमा लोकप्रिय खाना मोमोलाई जोडेको बताए। कम्पनीका प्रवन्ध निर्देशक प्रदीप पाण्डे महोत्सवले नेपाली खानाको प्रवर्द्धन गर्ने बताए।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ००:००  ७ : ३७ बजे