७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सिभिल बैंकको शाखा काठमाडौंको भीमसेनस्थानमा



काठमाडौं । सिभिल बैंकले काठमाडौंको भीमसेनस्थानमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सिर्जना गरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तीय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताएका छन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले भीमसेनस्थान शाखाले सो क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन । साथै उनले सो क्षेत्रका अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै लैजाने बताए ।

बैंकका अध्यक्ष इ. इच्छाराज तामाङले बैंक समाजसँग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचय पाटी देखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए । अध्यक्ष तामाङले परोपकार आदर्श माबिको कक्षा ९ मा अध्ययनरत सुनी राईलाई बैंकको सियसआर कार्यक्रम अन्तरगत मासिक ३ हजार रुपैयाँका दरले १ वर्षको जम्मा ३६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन । साथै सोही क्षेत्रका जेष्ठ नागरिक ९९ वर्षीय मायादेवी नकर्मीलाई समेत दोसल्ला ओढाई सम्मान गरेका छन ।

बैंकले ५२ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । साथै बैंकले देशभर १०६ शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ००:००  ७ : ४६ बजे