२४ मंसिर २०८०, आइतबार | Mon Dec 11 2023

सुरेश थामीको खुट्टाको अप्रेशन भोली, आर्थिक संकलन हुँदै (नामावली)



सिर्जना पाख्रिन

दोलखा । भीमेश्वर नगरपालिका वडा नं.२ खेलापको सुरेश थामीको खुट्टाको अप्रेशन आइतबार हुने भएको छ ।
कार्तिक २ गते घाँस काट्न जाने क्रममा लडेर खुट्टा मर्किएको थियो । आर्थिक अभावका कारण सामान्य उपचार गरेर घरमानै बसिरहेका थिए ।

सुरेश दशैंअघि भीनपा ४ को जिलुमा काममा जाने गरेका थिए । काममा आउन छोडेपछि उनको खोजि भएको थियो । यसपछि सुरेश खुटा भाच्चिएको सूचना पाएपछि नेकपा एमालेका नेता हरिवंश चौलागाईले यस विषयमा चासो राखेका थिए । चौलागाईले यस विषयमा जानकारी दिएपछि थामीको उपचारको लागि अभियान थालिएको हो ।

टुरिजम मिडिया नेटवर्कका डेक्स सम्पादक तथा स्थानीय सिर्जना तामाङले यस विषयमा सुरेशलाई घरमा नै भेटेर घटनाको विवरण लिएको थियो ।

यसपछि उनको उपचारको लागि अभियान थालिएको हो । भीनपा २ का वडा सदस्य राजेश श्रेष्ठ र युवा उद्यमी सुरेश थामीले पुनः खेलाप पुगेर उनको स्वास्थ्य अवस्था र उपचारको विषयमा गम्भीरताको साथ लिदै धुलिखेल अस्पताल दोलखामा शाखामा अप्रेशनको लागि तयारी गरिएको छ ।

वडा सदस्य श्रेष्ठका अनुसार आइतबार उनको अप्रेशन हुने छ । सुरेशको खुटामा स्टिल हाल्नु पर्ने अस्पतालले जनाएको छ । उनको उपचारको लागि आर्थिक संकलन भइरहेको वडा सदस्य श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ८ : ३४ बजे