२४ मंसिर २०८०, आइतबार | Mon Dec 11 2023

स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री लिएर जाजरकोट उड्यो ट्विनटर



स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री लिएर नेपाल वायुसेवा निगमको ट्विनटर चौरजहारीतर्फ उडेको छ। बिहान ८:१७ बजे उडान भएको यो जहाज ९:२० मा चौरजहारी अवतरण हुने निगमका प्रवक्ता रमेश पौडेलले बताए।

‘भूकम्पमा परेर घाइते भएकाको उद्धारका लागि स्वास्थ्यकर्मीसहितको टोली ट्विनअटरमार्फत यताबाट उडिसकेको छ। सवा नौ बजेतिर उता अवतरण हुनेछ,’ उनले भने।

उद्धारका लागि यतिखेर विभिन्‍न जिल्लामा रहेका सुरक्षाकर्मीको टोली परिचालन भइरहेको छ।

जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट हालसम्म १२८ जनाको मुत्यु भएको पुष्टि भएको छ। सशस्त्र प्रहरी बलका अनुसार जाजरकोटमा ९२ जना र पश्चिम रुकममा ३६ जनाको मुत्यु भएको हो।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ००:००  ८ : ५९ बजे