२४ मंसिर २०८०, आइतबार | Mon Dec 11 2023

घरेलु उत्पादनको बजार व्यवस्थापन गर्छुः प्रमुख आइतमान तामाङ



मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले महिलाहरुले उत्पादन गरेका घरेलु उत्पादनका सामानको बजारीकरणका लागि आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

महिलाहरुको जिबिकोपार्जन र क्षमता अभिवृद्धि गर्ने उदेश्यले मेलम्ची नगरपालिकाको समन्वय तथा रीड नेपालको आर्थिक सहयोगमा आयोजना गरिएको तीन महिने सिलाई कटाई तथा ५ दिने झोल साबुन र सरफ बनाउने तालिम समापनमा उहाँले बताउनु भएको हो ।

नगरको वडा नं. १० र ११ का सिमान्तकृत माझी महिलालाई उक्त तालिम दिइएको थियो ।

कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, प्रशासकीय अधिकृत झपेन्द्र खरेल लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ००:००  ११ : ४५ बजे