चरिकोट । भीमेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु श्रेष्ठले कक्षा ९ र १० का विद्यार्थीलाई काठमाडौंमा विशिष्ट व्यक्तित्वहरुसँग साक्षात्कार कार्यक्रम गर्ने भएको छ ।
वडा नम्बर ५ को महेन्द्रोदय माध्यामिक विद्यालय, बुढाभिमसेन र आँकुरा बोर्डिङका १०६ जना विद्यार्थीलाई मंसिर ३, ४ र ५ गते विशिष्ट व्यक्तित्वहरुसँग साक्षत्कार गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
अध्यक्ष श्रेष्ठका अनुसार पुर्व प्रधानमन्त्री केपी ओली, महावीर पुन, डा. सन्दुक रुइत, महजोडि(मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य), मदनदास श्रेष्ठसँग विद्यार्थीले साक्षत्कार गर्नेछन् ।
साथै, हिमाल आरोहीसँगको संवादसँगै सिहंदरबारसम्म पुग्ने तालिका रहेको वडा अध्यक्ष श्रेष्ठले बताए । आइतबार बिहान ७ बजे चरिकोट सातदोबाटोबाट तीनवटा बसमा विद्यार्थी, स्वास्थ्यकर्मी, वडा सचिव भीम बस्नेत, वडा अध्यक्ष बासु श्रेष्ठ, वडा सदस्य लगाएतको टिम काठमाडौं जाने बताईएको छ ।