८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीको अध्यक्षमा राजेन्द्र, सचिवमा सुब्बा श्रेष्ठ



काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ र सचिवमा सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।

काठमाडौंमा बुधबार भएको सहकारी संस्थाको १६औं साधरणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्षमा अमरेश चन्द्र बैदार, कोषाध्यक्षमा, कृष्ण बहादुर गुभाजु, सञ्चालक सदस्यमा किशोर गजाधर खड्का, गणेश कुमार अग्रवाल र मोहन बोहरा निर्वाचित भएका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामेश्वर श्रेष्ठ, सदस्यहरुमा पदम बहादुर गुरुङ र सुदर्शन श्रेष्ठ चयन भएका छन् ।

७० लाख शेयर पूँजीबाट १६ वर्ष अगाडि स्थापित संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख पुगेको छ । शेयर पूँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको छ । गत आवमा संस्थाको निक्षेप ४२ करोड १८ लाख पुगेको छ । त्यस्तै ६५ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ००:००  १० : ३५ बजे