७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

तामाङ गुम्बामा फागुन ८ देखि बज्र किलायको पूजा हुँदै



  • लोपेन ञिमा होइसेर

काठमाडौं । ग्रह शान्तिका लागि तीन दिन बज्र किलाय(दोर्जे फुर्पा) र छेक्षोग क्षिलु(आमितायु) को पूजा हुने भएको छ । धर्म श्रवन तथा चिन्तन विस्तार केन्दले छ्योेर्तेन टाशी तामाङ गुम्बा नयाँवस्तीमा उक्त पूजा गर्ने भएको हो ।

फागुन ८ देखि ११ गतेसम्म हुने पूजामा पहिलो चरणमा बज्र किलाय र अन्तिम दिन आमितायुको पूजा हुने चिन्तन विस्तार केन्द्रले जनाएको छ ।

उक्त पूजामा धर्मगुरु क्याब्जे पाल्युल लाटुल रिन्पोछे, टुल्कु, खेन्पो, लोपेन, लामा गुरुहरुले पूजा गर्ने केन्द्रका महासचिव खेन्पो फुर्बा थिङले जानकारी दिए । सो धार्मिक पूजामा भक्तजनहरुलाई सहभागी हुन समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार ००:००  ९ : ०४ बजे