८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नाग्लिबाङ सेवा समाजको अध्यक्षमा भोज केसी




काठमाडौं । नाग्लिबाङ सेवा समाज काठमाडौंको अध्यक्षमा भोज बहादुर केसी सर्वसम्मत चयन भएका छन् । काठमााडौंमा भएको चौथो साधरण सभाले केसीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

पर्वतको नाग्लिवाङबाट विभिन्न उदेश्यले काठमाण्डौ बसोबास गर्ने नाग्लिवाङबासीहरुको यो साझा संस्था हो ।
यस संस्थाको उपाध्यक्षद्वयमा नरेन्द्रबहादुर रेग्मी र रेनु केसी रहेका छन् ।

सचिवमा कृष्णबहादुर केसी, सहसचिवमा सुमित्रा जिसी, कोषाध्यक्षमा भरत केसी र सदस्यहरुमा तेजबहादुर जिसी, दिपक रेग्मी, विष्णु रेग्मी, नारान केसी, कल्पना अर्याल, लक्ष्मी खड्का र जीवन खड्का चयन भएका छन् ।

त्यस्तै सल्लाहकारमा संस्थापक अध्यक्ष गजेन्द्र केसी र निवर्तमान अध्यक्ष धनबहादुर केसी रहनुभएको छ ।
२०७३ सालमा विभिन्न उद्देश्य राखेर गठन भएको यो समाजले भोलिका दिनमा कृषि, स्वास्थ्य र खानेपानीका क्षेत्रमा विभिन्न क्रियाकलापहरु गाउँमा सञ्चालन गर्ने लक्ष्य लिएको नव निर्वाचित अध्यक्ष केसीले जानकारी दिए ।
भोज केसी राष्ट्रिय पर्यटन व्यवसायी संगठनका सदस्य हुन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार ००:००  ९ : ५० बजे