८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

छ्युमी वंश प्रतिष्ठानमा नयाँ नेतृत्व, अध्यक्षमा मनोज तामाङ



काठमाडौं । छ्युमी वंश प्रतिष्ठानमा नयाँ नेतृत्व चयन भएको छ । काठमाडौं नयाँ बस्तिस्थित छ्योर्तेन टासी तामाङ गुम्बामा भएको साधारण सभाले छ्युमी प्रतिष्ठानको नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिष्ठानको अध्यक्षमा मनोज छ्युमी तामाङ, उपाध्यक्ष उर्मिला छ्युमी, सचिव महेश छ्युमी, कोषाध्यक्षमा मनि छ्युमी सर्वसम्मत चयन भएका छन्।

सदस्यहरुमा रोशनी छ्युमी तामाङ, पबि छ्युमी तामाङ, सुरेन्द्र छ्युमी तामाङ, छिरिङ छ्युमी तामाङ, आकाश छ्युमी तामाङ रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गिय विकास छ्युमी लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रतिष्ठानमा नयाँ कार्यसमिति चयन गरिएको नव निर्वाचित अध्यक्ष मनोज तामाङले बताए ।

‘तामाङ जातिहरुको विभिन्न थरमध्ये छ्युमी पनि एक हो । हाम्रो थर, उत्पति, विस्तार र वंशजको अध्ययनको लागि प्रतिष्ठान स्थापना भएको हो,’अध्यक्ष तामाङले भने,‘विकास दाई हाम्रो संस्थाको अमर व्यक्तित्व हुनुहुन्छ । उहाँको प्रेरणाकै कारण छ्युमीहरुलाई एकै ठाउँमा ल्याउने उदेश्य थियो । हामी यही विषयलाई प्राथमिकता दिन्छौं ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार ००:००  ३ : ३५ बजे