८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हिमालय सीमापार वाणिज्य संघको सचिवमा सुब्बा श्रेष्ठको उम्मेदवारी



काठमाडौं । व्यवसायी सुब्बा श्रेष्ठले नेपाल हिमालय सीमापार वाणिज्य संघको सचिवमा उम्मेदवारी दिएको छ ।

नेपाल र चीनबीच व्यवसाय गर्ने व्यवसायीहरुको साझा संघको १२औं अधिवेशनमा श्रेष्ठले सचिव पदका लागि उम्मेदवारी दिएको हो ।

भीमेश्वर नगरपालिका ५ नम्बर वडाका स्थानीय तथा महाबौद काठमाडौंमा करिव दुई दशकदेखि व्यवसाय गर्दै आएका श्रेष्ठ यो पटक सचिव पदमा उम्मेदवारी भएको हो ।

व्यवसायीहरुको साझा एजेन्डा, चीनसँग जोडिएको नाकाको समस्या र समाधानको विकल्प र संघलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने उदेश्य सहित उनी सचिवमा उम्मेदवारी दिएको जानकारी दिए ।

श्रेष्ठ यसअघि संघको सदस्य रहेको थियो ।

संघको नयाँ नेतृत्वका लागि रामहरि कार्की र लोपसाङ्ग शेर्पा चुनावी मैदानमा छन् । अध्यक्ष प्रत्यासी कार्की वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् भने शेर्पा सल्लाहकार सदस्य हुन् ।

शनिबार बानेश्वरस्थित एभरेस्ट होटलमा संघको २४औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनको उद्घाटन सत्र सञ्चालन भएको छ । आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान हुने सचिवका उम्मेदवार सुब्बा श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार ००:००  ९ : ५७ बजे