८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

टुरिजम हिरो अवार्ड हुँदै, फागुन १ गतेबाट नोमिनेसन खुल्ला



काठमाडौं । नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् प्रदान गरिने भएको छ । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले नेपालमै पहिलो पटक विभिन्न ३१ वटा विधामा यो अवार्डस् प्रदान गर्न लागेको हो ।

नेपालको पर्यटन प्रवर्द्धन गर्न यो अवार्ड गर्न लागेको काउन्सिलका अध्यक्ष धर्मेन्द्र सापकोटाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

होटेलतर्फका १४ तथा पर्यटन र अन्यतर्फ १७ विधा गरी कुल ३१ विधामा अवार्ड प्रदान गरिने छ ।
टुरिजम हिरो अवार्डको नोमिनेसन फागुन १ बाट खुल्ला गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार ००:००  १० : २८ बजे