चरिकोट । सोक्ला भ्यालीमा रक क्लाईम्विङ च्याम्पिएन २०८० सम्पन्न भएको छ । सोक्लाश्वरी पर्यटन विकास समाज(एसटिडिएस) ले चैत्र ९ र १० गते आयोजना गरिएको सोक्ला रक क्लाईम्विङ भव्यताको साथ सम्पन्न भएको हो ।
भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग र माउन्टेन गाइड एसोसिएन अफ नेपाल(मोगान)को प्राविधिक सहयोगमा रक क्लाईम्विङ भएको हो ।
दोलखाको साहसिक पर्यटन प्रवद्र्धनका लागि एसटिडिएसले विगतदेखि नै सोक्ला रक क्लाईम्विङ सम्बन्धि गतिवधि गर्दै आइरहेको छ ।
मोगानका अध्यक्ष सञ्जीव गुरुङ र सगरमाथा आरोही लाल बहादुर जिरेलले रक क्लाईम्वरहरुलाई प्राविधिक सहयोग गरेका थिए ।
जिल्लाका विद्यार्थी, युवा पुस्ता, स्काउट, त्रिपुरा स्काउट ट्रप्सको टिमले रक क्लाईम्विङमा सहभागी जनाएको थियो ।
त्रिपुरा स्काउट ट्रप्सका सिर्जना श्रेष्ठले सबैभन्दा कम समयमा रक क्लाईम्विङ गरेर महिला तर्फ प्रथम भएको आयोजकले जनाएको छ । श्रेष्ठले २ मिनेट ११ सेकेन्डमा २५ मिटर आरोहण गरेका थिए भने झर्दा २९ सेकेन्ड लगाएका थिए । यस्तै सक्सेस लामाले १ मिनेट ५२ सकेन्डमा २५ मिटरमा आरोहण गर्दै पुरुष तर्फ प्रथम भएको थियो । यस्तै रोसन रसाइलीले २ मिनेट ३० सकेन्डमा २५ मिनेट पार गरेका थिए ।
दुई दिन भएको रक क्लाईम्विङमा ५० जनाले आरोहण गरेको कार्यक्रम संयोजक अर्जुन तामाङले जानकारी दिए ।
एसटिडिएसले गत जेठमा पनि सोक्ला रक क्लाइम्विङ महोत्सव आयोजना गरेका थिए ।