२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

भीनपा ५ नं वडाले सुरु गरे,‘पाँच दिने उद्घोषण तालिम’



चरिकोट । भीमश्वर नगरपालिका ५ नं. वडा कार्यालयले पाँच दिने उद्घोषण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरेको छ । भीमेश्वर नगरपालिकाको उप मेयर कमला बस्नेतले तालिमको औपचारिक उद्घाटन गरेकी हुन् ।

उप मेयर बस्नेतले तालिमलाई प्रयोगात्मक तथा व्यवहारिक ढंगले प्रयोगमा ल्याउनेगरी तालिम लिन सहभागीहरुलाई आग्रह गरेकी थिइन ।

५ नम्बर वडा कार्यालयले विकास निर्माणसँगै थालली गरेका विभिन्न रचनात्मक कार्यको उप मेयर बस्नेतले प्रंशसा समेत गरेकी थिइन । उनले आगामी दिनमा क्षमता विकासका लागि रचनत्मक भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता समेत गरेकी थिइन ।

कार्यक्रममा नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मान्नधरले ५ नम्बर वडाको कार्यशैली रचनात्मक भएकाले उद्घोषण तालिमले महिला, किशोर किशोरी, युवा पुस्ता, विद्यार्थी, समूह, संघ संस्थाका पदाधिकारीलाई कार्यक्रम सञ्चालनमा खास टेवा पुग्ने धारणा राखेका थिए ।

तालिमका प्रमुख प्रशिक्षक तथा कालिञ्चोक एफ एमका स्टेशन म्यानेजर जीवन लामाले तालिमको विषय,यस्को महत्व र सिकाई शैलीको विषयमा प्रष्ट्याएका थिए ।

तालिमको उद्घाट सत्रका सभाध्यक्ष तथा वडा अध्यक्ष बासु श्रेष्ठले वडामा आफू निर्वाचित भएदेखिनै रचनात्मक तथा प्रभावकारी ढंगले काम गरिरहेको बताए ।

यही क्रममा महिलाहरुका लागि क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताए । कार्यक्रममा वडा सदस्य बालकृष्ण कुँवरले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुर्व अध्यक्ष रामचन्द्र बस्नेत, नेकपा एमाले दोलखाका जिल्ला कमिटि सदस्य तारा बस्नेत, युवा संघ नेपाल, दोलखाको अध्यक्ष सरोज बस्नेत, अनेरास्ववियु दोलखाको अध्यक्ष रामचन्द्र केसी, नेकपा एमाले वडा कमिटि ५ का कार्यबाहक अध्यक्ष राजकुमार थापा, गोर्खापत्र दैनिकका वरिष्ठ पत्रकार बाबुराम शर्मा, सिआइएन दोलखा संवाददाता बुना घिमिरे, जनकल्याण सहकारी दोलखका अध्यक्ष राजन श्रेष्ठ, भीनपा ५ का जेष्ठ नागरिक दोलखाका अध्यक्ष रंगध्वज बुढाथोकी, कार्यपालिका सदस्य मिना विक, वडा सदस्य कुमार कार्की, वडा सदस्य एकमाया भुजेल लगाएतको सहभागीता रहेको थियो ।
३० जना सहभागी रहेको कार्यक्रमको संयोजन टुरिजम मिडिया नेटवर्कले गरेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार ००:००  ४ : ११ बजे