चरिकोट । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त तीन सदस्य पदमा पर्यटन व्यवसायीहरुलाई मनोनित गरेका छन् ।
संस्कृती पर्यटन तथा नागरिक उड्डयय मन्त्रालले पर्यटन ब्यवसायी राजेन्द्रबहादुर लामा, ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा मनोनित गरेका हुन् ।
तत्कालिन पर्यटनमन्त्री सुदन किरातीको पालामै ठाकुरराज पाण्डेको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो ।