३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

शैलुङको ग्रेटवालमा नेदरल्यान्डको पर्यटक



चरिकोट । सरकारले नयाँ गन्तव्यको रुपमा घोषणा गरेको शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्न थालेको छ । धार्मिक तथा पर्यटकीय गन्तव्य शैलुङको भ्रमण, अवलोकन तथा अध्ययनका लागि पछिल्लो समय पर्यटकहरु बाक्लिन थालेको हो ।

साथै, शैलुङमा निर्माण भएको मिनि ग्रेटवाल पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । मिनि ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्यन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको संख्यामा वृद्धि भएको गाउँपालिकाको पुर्व अध्यक्ष भरत दुलालले बताए ।

उनका अनुसार नेदरल्यान्डका पर्यटकहरुले शैलुङको मिनि ग्रेटवाल अवलोकनसँगै शैलङमा भ्रमण गरेका छन् । नेदरल्यान्डका नागरिकहरु हरेक वर्ष शैलुङ घुम्न आउने गरेको दुलालको भनाई छ ।

नयाँ वर्ष २०८१ नजिकिदै गर्दा शैलुङमा विदेशी पर्यटकहरुको चाप बढ्न थालेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार ००:००  १० : ५९ बजे