३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

शैलुङमा तम्बा महोत्सव सम्पन्न (फोटो/भिडियाे)



अर्जुन पाख्रिन

चरिकोट । ताम्बा संघ नेपाल, शैलुङ गाउँपालिकाको आयोजनामा ताम्बा महोत्सव भएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्य शैलुङमा प्रथम पटक ताम्बा महोत्सव आयोजना गरिएको हो।

गाउँपालिकाको आर्थिक सहयोगमा नयाँ वर्ष २०८१ को वैशाख १ गते भएको महोत्सवमा दुई सयभन्दा धेरै ताम्बाहरु सहभागी भएका थिए ।

सो कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद गंगा कार्की रहेका थिए । सांसद कार्कीले दोलखाको समृद्धि र विकासमा शैलुङ मुख्य पर्यटकीय स्थल रहेको बताए । ताम्बा र शैलुङको प्रवद्र्धनका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत सांसद कार्कीले गरेका थिए ।

कार्यक्रममा संघका संघिय अध्यक्ष धावा वाङगेल मोक्तान, महासचिव खोजराज गोलेको साथै विभिन्न संघ, संस्था प्रतिनिधिहरु सहभागी भएका थिए ।
कार्यक्रम भव्य र सभ्य भएको ताम्बा संघ शैलुङ गाउँपालिकाको अध्यक्ष सुनिल मोक्तानले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार ००:००  ८ : ३७ बजे