चरिकोट । शुभेच्छा होटल व्यवसायी चन्द्र लामाले जन्म दिनको अवसरमा स्नेह केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।
लामाले जन्मदिनको अवसरमा लामाले आवाज नेपालद्धारा सञ्चालन गरेको स्नेह केन्द्रलाई ५ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् ।
हजारौ रुपैयाँ खर्च गरेर जन्मदिन मनाउनुभन्दा सामाजिक संघसंस्थालाई सहयोग गर्न पाउदा आनन्द महशुस भएको चन्द्र लामाले बताए ।
पछिल्लो समय विभिन्न अवसर र सन्दर्भमा स्नेह केन्द्रलाई आर्थिक र खाद्यन्न सहयोग गर्नेको संख्यामा वृद्धि आएको आवाज नेपालका अध्यक्ष सृजना कार्कीले बताईन ।