३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

६० डिग्रीमा मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)



दोलखा । आज प्राचिन शहर दोलखामा मच्छिन्द्रनाथको रथ यात्राको रोमाञ्चक दिन । जहाँ ६० डिग्रीको उकालोमा थर तानिन्छ । बालमन्दिरको उकालोबाटोबाट भीमसेन मन्दिर जाने स्वयम्भुसम्म आज रथ तानिएको थियो ।

यो रोमाञ्चक दृश्य हेर्न र रथ तान्नका लागि सयौं दर्शनार्थी तथा भक्तजनहरु सहभागी भएका थिए । बालबालिकादेखि युवा पुस्ताहरु सहभागी भएका थिए ।

सो रथ यात्रा हेर्नका लागि बागमती प्रदेशका पर्यटन मन्त्री शैलेन्द्र बज्राचार्यको समेत सहभागीता रहेको थियो ।
काठमाडौं, भक्तपुर, ललितपुरका नेवार समुदायका विभिन्न गुठियारहरु समेत सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार ००:००  ८ : १२ बजे