३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

पर्यटन मन्त्री बज्रचार्यद्धारा दोलखाको रथ यात्रामा २ लाख विनियोजन



दोलखा । बागमती प्रदेशको पर्यटन उद्योग तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यद्धारा दोलखाको रातो मछिन्द्रनाथको रथ यात्राको लागि २ लाख रुपैँया बजेट विनियोज गरिएको छ ।

दोलखाको ऐतिहासिक तथा धार्मिक रथ यात्राको जात्रालाई भव्य रुपमा सम्पन्न गर्न २ लाख रुपैँया बजेट व्यवस्थापन गरिएको हो ।
प्रदेशले भीमेश्वर सामुदायिक विकास संस्था मार्फत उक्त बजेट दिने निर्णय गरिएको दोलखाका संस्कृतिविद शान्त कृष्ण श्रेष्ठले जानकारी दिए । सो बजेट व्यवस्थापनका लागि भने शान्त श्रेष्ठले पहल गरेको थियो ।

साथै, मछिन्द्रनाथ रथ यात्राको लागि भीमेश्वर नगरपालिका २ नं. वडा कार्यालयले आवश्यक व्यवस्थापन गरिएको छ । रथ निर्माणको सुरुवातदेखिनै वडा अध्यक्ष स्टालिन श्रेष्ठको नेतृत्वमा जात्रा भव्य रुपमा भइरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ००:००  ५ : २२ बजे