२५६८ औं बुद्ध जयन्ती दोलखामा भव्यताको साथ मनाउने तयारी गरेको छ । भीनपा २ को वडा अध्यक्ष स्टालिन श्रेष्ठको संयोजनमा बुद्ध जयन्ती मनाउने तयारी गरीएको हो ।
पदमवर्ण बुद्ध महाविहारको प्रांगनमा यो वर्ष पनि र्यालीसहित पूजापाठ गरेर बुद्ध जयन्ती मनाउने तयारी रहेको डा सुनिल मास्केले जानकारी दिए । उनका अनुसार बुधबार साँझ महाविहारमा दिप प्रज्वलन, भोली विहान र्यालीसहित पूजा पाठ र बुद्ध धर्मको विषयमा प्रवचन समेत हुने मास्केको भनाई छ ।
साथै भूमिसुधार मन्त्रीले बुद्ध जयन्तीको औपचारिक कार्यक्रमको उद्घाटन गर्ने मुल समारोह समितिले जनाएको छ ।
वडा अध्यक्ष स्टालिन श्रेष्ठले बुद्ध जयन्तीको कार्यक्रममा सहभागीताको लागि सबैमा आग्रह गरिएको छ ।