३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

दोलखामा बुद्धको प्रतिमा घुमाउँदै मनाए बुद्ध जयन्ती



चरिकोट । पदमवर्ण बुद्ध महाविहारले बुद्धको प्रतिमालाई दोलखा बजार परिक्रमा गराएर २५६८ औं बुद्ध जयन्ती मनाएको छ ।
विहान महाविहारको प्रांगनबाट सुरु भएको ¥याली स्वयम्भू, भीमेश्वर मन्दिर, त्रिपुरा सुन्दरी, दुंगल हुँदै राजकुलेश्वरबाट पुन कार्यक्रमस्थल पुगेको थियो ।

भीनपा २ को वडा अध्यक्ष स्टालिन श्रेष्ठको संयोजनमा बुद्ध जयन्ती मनाएको हो । महाविहारको प्रांगनमा पूजापाठ, बुद्धको विषयमा प्रवचन समेत रहेको थियो । लामा गुरु लोेपेन नाम्गेल छिरिङले बुद्ध धर्म र बुद्ध जयन्तीको विषयमा प्रवचन दिएका थिए ।

यस्तै, बौद्ध धर्मका प्रवद्र्धतक तथा ज्ञाता केशवमान शाक्यले बुद्धको जीवनी विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ रहेका थिए ।

महाविहारले यसअघि कार्यक्रमका लागि घरदैलो कार्यक्रम, सरसफाई साथै भीमेश्वरका माध्यमिक तहका बालबालिकामा बुद्ध सन्देशको विषयमा बक्क्तित्वकला प्रतियोगिता समेत गरिएको महाविहारका संस्थापक डा.सुनिल शाक्यले जानकारी दिए ।

यसैगरी, चरिकोट चरिघ्याङ गुम्बा, चोथाङ, मकैबारी, बोचको लप्से, जिरी, शैलुङको पवटि क्षेत्रमा समेत भव्य रुपमा बुद्ध जयन्ती मनाएको थियो ।

बौद्ध धर्मको प्रवद्र्धतक मिला रेप्पाको ध्यानस्थल लप्चि, विगु गुम्बा लगाएत क्षेत्रमा भव्यताको साथ बुद्ध जयन्ती मनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार ००:००  ४ : २६ बजे