२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ



नवनियुक्त तीन जना राज्यमन्त्रीहरूले शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार अपराह्न राज्यमन्त्रीहरूले शपथ लिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीहरू रूपा विक, पूर्णबहादुर तामाङ र अरूणकुमार चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

विक वन तथा वातावरण, तामाङ ऊर्जा र चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा शुक्रबार नै नियुक्त भएका थिए।

गत असार ३१ गते २२ सदस्यीय मन्त्रिपरिषद गठन गरिएको थियो।

शुक्रबार तीन जना राज्यमन्त्री थपिएसँगै मन्त्रिमण्डलले पूर्णता पाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार ००:००  १० : २९ बजे