अर्जुन पाख्रिन
दोलखा जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्य शैलुङमा जनैपूर्णिमाको अवसरमा भव्य जात्रा लागेको छ । ऐतिहासिक तथा धार्मिक तिर्थस्थल समेत रहेको शैलुङमा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा जात्रा लाग्ने गरेको छ ।
सो जात्रामा विशेषगरी बोम्बो(झाँक्रीहरु) ज्ञान र शक्ति प्राप्तका लागि शैलुङ र्दशनका लागि पुग्ने गरेको किंवदन्ती छ । सो जात्रामा विभिन्न जिल्लाका बोम्बोहरु सहभागी हुने गरेका छन् । यस वर्ष पनि सय थुम्काले प्रसिद्ध शैलुङमा बोम्बोहरुको बाक्लो उपस्थिति थियो ।
साथै स्थानीयहरुले मृत आत्माको शान्तिको लागि शैलुङमा लुङदर दिप प्रज्वलन गरेर लामाद्धारा मोलम तथा पूजापाठ समेत गरेका थिए ।
शैलुङमा दर्शन गर्दा मनोकाक्षा पुरा हुने जनविश्वास समेत रहेको छ ।