काठमाडौं । ट्रेकिङ एजेन्स्सि एसोसिएसन अफ नेपाल (टान) को बोर्ड सदस्यमा विनोद कुमार तामाङले उम्मेदवारी घोषणा गरेका छन् । सागर पाण्डेको टिमबाट बोर्ड सदस्यमा उम्मेदवार दिएका हुन् ।
लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल तामाङ युवा पर्यटन व्यवसायी हुन् । उनले आफूलाई लोकप्रिय मत दिएर विजय गराउनका लागि पर्यटन व्यवसायीसँग अपिल गरेका छन् ।
भदौं १७ गते टानको निर्वाचन हुँदै छ ।