काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो ।
खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।
जोशीले रेग्मी सीईओ हुनुभन्दा अघि एक कार्यकाल सीईओको जिम्मेवारी पूरा गरेका थिए । जोशी चार वर्षका लागि सीईओ नियुक्त भएको बोर्ड सञ्चालक समितिले जनाएको छ ।