सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ६ नं वडामा पहिरोबाट क्षति भएको ठाउँमा सोमबार स्थलगत निरीक्षण गर्नु भएको छ । गत भाद्र २० गते राति अविरण वर्षाका कारण सो क्षेत्रमा पहिरो गएको थियो ।
आज सो क्षत्रमा वडा नं ११ का वडाध्यक्ष उवम् भौतिक पूर्वाधार संयोजक चन्द्र बहादुर तामाङ, वडा नं. ६ का वडाध्यक्ष प्रेम बहादुर तामाङ, इन्जिनियर जित बहादुर कार्की लगायतले पहिरोबाट प्रभावित सडक, विद्यालय र पहिरोको जोखिममा रहेको बस्तीको अनुगमन स्थलगत निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा नगरका प्रमुख तामाङ्गले पहिरोबाट अवरुद्व सडक सुचारु गर्न, पहिरोले क्षति पुराएको विद्यालयको पहिरो पन्छाउन र पहिरोबाट जोखिम बस्तिलाई संरक्षण गर्न तत्काल प्राविधिक लागत अनुमान तयारी तत्काल काम अगाढी बढाउन प्राविधिक टिमलाई निर्देशन दिएका थिए ।
प्रमुख तामाङ्गले स्थानीय सरकार बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेका नागरिकको उदार र व्यवस्थापनका लागि सधैँ तयार र आफूलाई मेलम्चीका जनताले जिताएर नगर प्रमुख बनाएकाले यहाँका जनताको शिर उच्च बनाउने गरी काम गर्ने बताए ।
‘यहाँहरूले जिताएकाले म नगर प्रमुख भएको छु, यसर्थ मेलम्चीको विकास तथा सुख दुःखमा सधैँ साथमा रहँदै विकासका काम गर्नु मेरो दायित्व हो । त्यसका लागि म सधैँ लागिरहने छु’ प्रमुख तामाङ्गले भने ।