३० असार २०८२, सोमबार | Mon Jul 14 2025

कांग्रेसको पर्यटन विभागमा खुम सुवेदीसहित दश जना मनोनित



काठमाडौं । नेपाली कांग्रेसले ‘पर्यटन विभाग’मा १० जनालाई मनोनित गरेका छन्।

नेपाली कांग्रेसको विधान, २०७१(संशोधन सहित) को धारा २५(९) बमोजिम पर्यटन विभागमा मनोनित गरेका हुन् ।

मनोनयन हुनेमा ट्रेकिङ एजेन्सिस एसोसिएसन अफ नेपालका पर्व अध्यक्ष खुम सुवेदी(धादिङ), कञ्चनपुरबाट बीरबहादुर महरा, गोरखाबाट दिपेन्द्र पाण्डे ‘कपिल’, कास्कीबाट लक्की कार्की क्षेत्री, दोलखाबाट छिरिङ डोल्मा शेर्पा, ओखलढुंगाबट दिनेश मगर, अर्घाखाँचीबाट यज्ञमूर्ति आचार्य, धनुषाबाट रामप्रसाद पञ्जियार रहेका छन् ।

यस्तै, स्याङजाबाट ईश्वर लामिछाने र हुम्लाबाट जंगबहादुर लामा मनोनय भएको कांग्रेसले जारी विज्ञप्तीमा उल्लेख छ ।
पर्यटन विभागको संयोजक आङगेलु शेर्पा रहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार ००:००  ९ : १३ बजे