काठमाडौं । सगरमाथाको प्रवेशद्धार ‘जिरी’ नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य हो । सोही गन्तव्यको विभिन्न पक्षको प्रवर्दन गर्ने उदेश्यले जिरीलाई क्यानभासमा उतारिएको छ ।
प्रसिद्ध पर्यटकीय गन्तव्य जिरीको संस्कृति, प्रकृति, विविधता र गन्तव्यको विषयलाई नयाँ बानेश्वर एनबी भवनको उमोजा क्याफेमा प्रदर्शनीका लागि राखिएको छ ।
जस्लाई कलाकार केशवराज खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले सुन्दर क्यानभासमा जिरी कला, संस्कृति, सुन्दर पक्ष उतारिएको छ ।
दोलखा घुमौं अभियानका संयोजक समेत रहेका लीलाराम खड्काले जिरीमा क्यानभास प्रर्दशनीको आयोजना गरेका हुन्। जिरीको प्रवर्दन र विकासका लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।
उनका अनुसार अहिले ३६ वटा चित्रहरु प्रदर्शनीमा राखिएको छ । साथै चित्र मनपरेमा खरिद गर्न सकिने खड्काको भनाइ छ ।