१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

होटल तथा पर्यटन व्यवसायीद्वारा सरसफाई



चरिकोट । ४५औं विश्व पर्यटन दिवसको अवसरमा दोलखा भीमेश्वर मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ । दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघद्वारा सरसफाई गरिएको हो ।

दोलखा जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य भीमेश्वर मन्दिर क्षेत्रमा शुक्रबार सरसफाई गरिएको संघका वरिष्ठ उपाध्यक्ष टिका बहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार सो अभियानमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलका प्रतिनिधि, मन्दिर व्यवस्थापन र भीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठको सहभागीतमा सरसफाई भएको हो ।

संघले पछिल्लो समय दोलखाको पर्यटकीय गन्तव्यको प्रचार प्रसार तथा प्रवद्र्धनमुखि कार्यक्रम गर्दै आइरहेको संघका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । दोलखाको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि काठमाडौंमा छिटै अन्तरक्रिया कार्यक्रम गर्ने कार्यतालिका रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ००:००  १० : ०६ बजे