१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

पुस २६ गते नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अधिवेशन



काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो अधिवेशन पुस २६ गते हुने भएको छ । ठमेलस्थित होटेल मनाङ्गमा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठनको अधिवेशनका लागि देशभरबाट एक सय ५० जना प्रतिनिधि काठमाडौं आउने महासचिव यम बहादुर खड्काले जानकारी दिए ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको सदस्यता नविकरणसँगै प्रतिनिधिहरुको नामवली केन्द्रमा आइसकेको महासचिव खड्कोको भनाई छ ।

उनका अनुसार चौथो अधिवेशनको भव्य तयारी भइरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार ००:००  १ : १५ बजे