१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

पाँचदिने फिल्म मेकिङ वर्कसप सम्पन्न



काठमाडौं । सिनेपाल स्टूडियोमा पाँचदिने फिल्म मेकिङ वर्कसप सम्पन्न भएको छ । फिल्म क्षेत्रमा करियर बनाउन चाहने युवा पुस्तालाई लक्षित गरेर सो वर्कसप आयोजना गरिएको हो ।

मंसिर २८ देखि पुस २ गतेसम्म सञ्चालन भएको वर्कसपमा चलचित्र क्षेत्रका विभिन्न विद्याका अनुभवी व्यक्तित्वहरु सहभागि भएका थिए ।

वर्कसपमा सहभागीहरुलाइ दुइ दिनको समयावधिमा ५ मिनेटको छोटो फिल्म तयार गरी स्क्रिनिङ समेत गरिएको आयोजकले जनाएको छ ।

वर्कसपमा निर्देशक, प्रड्युसर, लेखक, कलाकार ,सम्पादक ,लाइट म्यान, साउन्ड डाइरेक्टर र चलचित्र विद्याका क्याम्पसहरु कान्तिपुर फिल्म एकेडेमी ,ओस्कर फिल्म एकेडेमी, एभरेस्ट फिल्म एकेडेमीका ५४ जना विद्यार्थीहरू सहभागी थिए ।

नेपाल चलचित्र विकास बोर्डको आर्थिक सहयोग र सरोज कुमार चौहानको सहकार्यमा वर्कसप आयोजना भएकाे थियो ।
अष्ट्रेलियामा चलचित्र बिषयमा स्नातकोत्तर गरेका चौहानले वर्कसपमा भने,‘आफुले पढेको र सिकेको ज्ञान, सीपलाइ नेपालमा पनि भित्र्याउने उदेश्यका साथ यो वर्कसप आयोजना गरिएको हो। नेपालमा पनि केही प्रविधिहरुको प्रयोग गरी कम बजेटमा राम्रो फिल्महरु बनाउन सकिन्छ ।’

सबै सामाग्री महँगो प्रयोग गर्दैमा फिल्म राम्रो नहुने चौहानको भनाई थियो । पाँचदिने वर्कसपले नेपाली चलचित्र जगतमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास थियो ।

‘विश्वको जुनसुकै कुनामा बसेर चलचित्र सम्बन्धि ज्ञान सिके पनि आफ्नो भुमीमा नै केही गर्नुपर्छ’ उनको भनाइ थियो ।

प्रशिक्षक चौहानले वर्कसपमा निर्देशन, सिनेमेटोग्राफी, स्टेजिङ, प्रकाश, आर्ट डिजाइन, कलर, साउन्ड आदिको प्रयोगबाट नेपाली चलचित्रलाई हलिउड लुक दिन सकिने प्रविधिहरुको विषयमा बताए ।

साथै, उनले फिल्म सेटमा महिलाहरुमाथी हुने गरेको यौनशोषणका बारेमा पनि सचेत गराइएको थियो ।

सो वर्कसपको समापन पुस ५ गते भएको थियो । नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेस डिसिले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार ००:००  ४ : ५९ बजे