१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

वायु सेवा संघद्वारा खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित



काठमाडौं । वायु सेवा सञ्चालक सङ्घले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगित गरेको छ ।

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा अवरोध भइरहेको बताउँदै संघले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

खुम्बु क्षेत्रमा हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म सो क्षेत्रका सम्पूर्ण उडान यही पुस २१ गतेदेखि स्थगत गरिएको विज्ञप्तिमा छ ।

साथै यस क्षेत्रमा उडान भर्ने स्टल वायुसेवा कम्पनीले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडान स्थगन बताइएको छ ।

#वायुसेवासञ्चालकसंघ

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार ००:००  ६ : १७ बजे