३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

७५ हजार प्रथम पुरस्कार भएको ‘वडा अध्यक्ष कप’को ट्रफी सार्वजनिक



चरिकोट । भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित वडा ‘वडा अध्यक्ष कप’ को प्रतियोगिता २०८१ को ट्रफीसार्वजनिक गरिएको छ । शनिबार चरिकोटमा पत्रकार सम्मेलन आयोजनगरी वडा अध्यक्ष बासु श्रेष्ठले ट्रफी सार्वजनिक गरेको हो ।

कार्यक्रममा खेलको टाइसेट समेत सार्वजनिक गरिएको छ । विद्यालय तहमा पढ्ने छात्रहरुलाई मध्येनजर गरी गत बर्षबाट सुरु भएको ‘वडा अध्यक्ष कप’ मा आगामी बर्षदेखि छात्राहरुको लागि समेत प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

आगामी माघ १ गतेदेखि ५ गतेसम्म बुढाभिमसेन खेल मैदानमा सञ्चालन हुने खेलमा जिल्लाभरीमा १८ विद्यालयबाट २० ओटा टोली सहभागि हुने खेल संयोजक तथा भिजन युथ क्लबका अध्यक्ष रबि बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४५ हजार, उत्कृष्ट खेलाडी २ हजार र सर्वाधिक गोलकर्तालाई २ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार ००:००  १० : ०३ बजे