३० असार २०८२, सोमबार | Mon Jul 14 2025

वायुसेवा निगमले तिर्‍यो जहाज खरिदको ५३ करोड ऋण



नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको पुस महिनासम्मको किस्ता बुझाएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको हो।

निगमले दुई न्यारोबडीको पूरा र दुई वाइडबडीको आंशिक गरी यो रकम बुझाएको छ।

यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि २०८१ पुस मसान्तसम्म निगमले ६ अर्ब ८५ करोड ९५ लाख १२ हजार ८१४ रूपैयाँ किस्ता रकम भुक्तानी गरेको छ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार ००:००  ६ : १३ बजे