१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

बुद्ध एयरको ‘भ्यालेन्टाइन अफर’: एउटा टिकट किन्दा अर्काे फ्री



बुद्ध एयरले १४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवस (भ्यालेन्टाइन डे)का लागि विशेष अफर ल्याएको छ। यस अफरअन्तर्गत पर्वतीय उडानमा एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क प्रदान गरिनेछ।

dolpa

बुद्ध एयरका अनुसार, यो अफरअन्तर्गत जोडी यात्रुले पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत हिमश्रृंखलाको अवलोकन गर्न सक्नेछन्। उडानका क्रममा एकजना यात्रुलाई झ्यालको सिट र अर्को यात्रुलाई त्यसको छेउको सिट उपलब्ध गराइनेछ।

यात्रालाई अझ रोमाञ्चक बनाउन बुद्ध एयरले जोडीलाई विशेष उपहारको व्यवस्थासमेत गरेको छ। यात्रुहरूले चकलेट, गुलाबको फूल तथा चिया स्पटको मिठो खाजा खानका लागि डिस्काउन्ट भाउचर प्राप्त गर्नेछन्।

त्यसैगरी गोलाप्रथाबाट छानिएका ३ जोडीलाई ‘दलाई–ला–बुटिक होटल’मा दुई दिन एक रातको प्याकेज प्रदान गरिनेछ। अन्य सबै यात्रुहरूले विभिन्न प्रकारका डिस्काउन्ट भाउचरसमेत पाउनेछन्।

साथै ५ जोडी यात्रुका लागि चन्द्रागिरी केबलकारको आउजाउ टिकटसमेत उपलब्ध गराइने बुद्ध एयरले जनाएको छ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार ००:००  ३ : ०५ बजे