काठमाडौं । तारेभिर नारायण डाँडामा रहेको ‘अल्टिमेट भेन्यू’ राजधानीकै मूख्य पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।
तारेभिर नारायण डाँडा, समुद्री सतहबाट २००७ मिटरको उचाइमा रहेको एक रमणीय पर्यटकीय स्थल हो । जहाँबाट काठमाडौं उपत्यकासँगै काभ्रे जिल्लाका केही क्षेत्रको दृश्यावलोकन गर्न समेत सकिन्छ ।
यो क्षेत्र काठमाडौं उपत्यकाका उच्च स्थानहरूमध्ये एक हो, जहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य पनि हेर्न पाइन्छ।
अल्टिमेट भेन्यूमा स्ल्याकलाइन, हाइ रोप्स अब्स्ट्याकल, रक क्लाइम्बिङ्गजस्ता एड्भेन्चर गतिविधिहरूको अनुभव समेत गर्न सकिने सञ्चालक आदित्य कार्कीले जानकारी दिए ।
नेपाल आर्मीका पुर्व मेजरसमेत रहेका उनी आफै सगरमाथा आरोही पनि हुन्। उनको टिममा स्थानीय शुरेश लामा, अर्का पुर्व मेजर हेमन कुमार थापा र इन्सटक्टरको रुपमा नेपाल आर्मीबाट रिटायर केदार बुढाथोकी रहेका छन् ।


