संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा ऐक्यबद्धता जनाएको भन्दै पोर्चुगलको लिस्बनस्थित पर्यटक प्रवर्द्धक रमेशराज बास्तोलालाई स्पष्टीकरण सोधेको छ।
बास्तोलाले पर्यटन प्रवर्द्धक कार्यालयको लेटरप्याटमै पूर्वराजा शाहकमो पक्षमा ऐक्यबद्धता जनाएका थिए।
‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा, मिति २०८१ फाल्गुण ७ गते, राष्ट्रको रक्षा, राष्ट्रिय एकता कायम राखी, देशको समृद्धि, उन्नति, प्रगति तथा कला-संस्कृति र नेपालीहरूको गौरवको लागि राष्ट्र र राष्ट्रवासीको नाममा व्यक्त गरिएको शुभकामना सन्देश तथा राष्ट्र जोगाउन गरिएको आग्रहलाई हार्दिक स्वागत गर्दछु,’ उनले भनेका थिए।
बास्तोलाले सरकारको लेटरप्याड दुरुपयोग गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो।