३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथा आरोहण



‘एभरेष्ट म्यान’ भनेर चिनिने कामीरिता शेर्पाले सगरमाथाको ३१औँ सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। यो सगरमाथाको चुचुराेमा सबैभन्दा धेरै पटक पुग्ने ऐतिहासिक कीर्तिमानी हाे।

कामीरिताले मंगलबार बिहान करिब ४ बजे सगरमाथा (८८४८.८६ मि) शिखरमा ३१औँ पाइला टेकेकाे सेभेन समिट ट्रेक्स जानकारी दिएकाे छ।

उनी यसपटक भारतीय सेना पर्वतारोहण टोलीका मुख्य गाइडको रूपमा सहभागी थिए, जसको नेतृत्व लेफ्टिनेन्ट कर्णेल मनोज जोशीले गरिरहेका छन्।

याे कामिरिताकाे यस सिजनकाे अन्तिम आराेहण रहेकाे सेभेन समिट ट्रेक्सले जनाएकाे छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार ००:००  ७ : ५५ बजे