३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

बलेफी गाउँपालिकाको झर्नामा क्यानोनिङ



सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ३ मा रहेको ठूलो छाँगा (झरना) मा चार दिने क्यानोनिङ फेस्टिबल सम्पन्न भएको छ।

भदौ ३१ देखि असोज ३ गतेसम्म भएको फेस्टिबलमा ७० जनाले क्यानोनिङ गरेको थिए ।

कार्यक्रम संयोजक प्रीतम गोलेले बलेफी गाउँपालिकाको साहसिक पर्यटनमा क्यानोनिङ खेल प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । साहसिक गतिविधिबाट यस क्षेत्रको ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने सकिने गोलेको भनाई थियो ।

वडा अध्यक्ष रितेश तामाङले सुकुटेमा र्याफटिङको हव भएजस्तै यस क्षेत्रमा छागाआरोहणको हब बनाउन सकिने बताए ।
गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङको प्रमुख आतिथ्यमा उद्घाटन भएको फेस्टिबलमा करिब ३ सय स्थानीय तथा खेलप्रेमीहरू उपस्थित थिए।

मुख्य प्रशिक्षक इन्सुहाङ राईको नेतृत्वमा क्यानोनिङ भएको थियो । साहिसक पर्यटकिय इन्सटक्टर राईले क्यानोनिङ प्रवद्र्धनका लागि पूर्वाधार विकास, प्रशिक्षित गाइड र प्रचारप्रसार भएमा नयाँ गन्तव्य हुने दावी गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार ००:००  १२ : २१ बजे