३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

हिमाल आरोहणका लागि एक हजार दुई सय जनाले लिए अनुमति



यो सिजनका लागि हिमाल चढ्न एक हजार २०३ जनाले अनुमति लिएका छन्। कुल १४६ टिममा ९२० जना पुरूष र २८३ महिला छन्।

असोज २९ गतेसम्म ७८ देशका पर्यटकले नेपाल पर्यटन विभागमा विभिन्न हिमाल चढ्न अनुमति लिएका हुन्।

यसबाट २२ करोड ९२ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

विभागका अनुसार यो सिजनका लागि मनास्लु हिमाल चढ्न सबैभन्दा धेरै पर्यटकले अनुमति लिएका छन्। मनास्लुका लागि ३७४ जनाले अनुमति लिएका हुन्।

त्यस्तै क्रमश आमा डब्लमका लागि २७४, हिमलुङ्ग १७६ र सगरमाथाका लागि ४ जनाले अनुमति लिएका हुन्।

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार ००:००  १२ : २६ बजे