३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन



काठमाडौं । सगरमाथा पहिलो पटक आरोहण गर्ने टोलीका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन भएको छ । उनका कान्छा छोरा छिरिङ शेर्पाका अनुसार उहाँको बिहीबार निधन भएको हो ।

परिवारका चार सन्तानमध्ये दुई छोरा र एक छोरी नेपालमै रहेका छन्, भने एक छोरी विदेशमा छिन् । विदेशमा रहेकी छोरी शुक्रबार नेपाल आइपुग्ने बताइएको छ ।

छोरी नेपाल आएपछि शनिबार वा सोमबार अन्त्येष्टि गर्ने निर्णय गरिएको परिवारले जनाएको छ । कान्छा शेर्पा काठमाडौंमा कान्छा छोरासँग बस्दै आएका थिए ।

विश्वकै अग्लो हिमाल सगरमाथा सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक आरोहण गरेका थिए । सो ऐतिहासिक आरोहण दलमा ३५ जना सदस्य थिए, जसमा कान्छा शेर्पा अन्तिम जीवित सदस्य रहनुभएको थियो ।

कान्छा शेर्पा पहिलो सगरमाथा आरोहणको समयमा २० वर्षका युवा थिए । उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।

#KanchaSherpa #lastsurvivingmember #1953 #Everest

प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार ००:००  १२ : ४० बजे