१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोना नियन्त्रणका लागि पर्वतारोहण संघको ५ लाख सहयोग



काठमाडौं । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग पुग्ने संघले जनाएको छ ।

सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यवद्धता स्वरुप आर्थिक सहयोग गरिएको संघले विज्ञप्तीमार्फत जनाएको छ । विज्ञप्ती अनुसार कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार ००:००  ८ : ४० बजे