१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

लकडाउन अवसर: सिर्जनात्मक फोटो खिचौं, पुरस्कार जितौं



काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता’ आयोजना गर्ने भएको छ । लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा समय सन्दर्भ मिल्ने तस्बिरहरु अनलाइनबाट पठाउन सकिने बोर्डले जनाएको छ । सो फोटो भने लकडाउनमा घर भित्रै बसेको समयमा खिचेको हुनुपर्ने छ ।
सहभागीले आगामी जेष्ठ १८ सम्म फोटो पठाइसक्नु पर्नेछ । बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागी हुन सकिने भएको छ । उत्कृष्ट पाँच सहभागीहरुले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले फोटो प्रतियोगिताले नेपालको कुना काप्चामा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अघि बढाउने बताएका छन् । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार ००:००  ७ : ०४ बजे