४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

पर्यटन श्रमिकहरुको सीप विकास गर्न फोटोग्राफी तालिम



काठमाडौं । पर्वतीयय पथ प्रदर्शक नेपाल (मोगानले) पर्वतीय पर्यटन श्रमिकलाइ ३ दिने मोबाइल फोटोग्राफी तालिम दिएको छ ।

पर्वतीय पर्यटनमा कार्यरत श्रमिकहरुको सीप विकास गर्ने मुख्य उद्देश्यले अगष्ट ४ देखि ६ तारीख सम्म ३ दिने तालिम दिएको हो ।

फोटोग्राफर नविनवावु गुरुङ र मनिष अर्याल प्रशिक्षकको भुमिकामा रहेका थिए।

मोगानको आयोजनमा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा सम्पन्न तालिममा करिब ६० जनालाइ निशुल्क तालिम प्रदान गरिएको थियो।

‘तालिमले पर्यटन श्रमिकलाई सुन्दर तस्वीर खिच्न सहयोग पुग्ने मोगानका अध्यक्ष सन्जीव गुरुङले बताए। तालिममा बोल्दै मोगानका महासचिव रामकाजी तिवारी ‘प्रयास’ ले पर्यटन प्रवर्द्धनको लागि तस्वीर एक सशक्त माध्यम भएकाले पर्यटन श्रमीकहरुलाई मोबाईल फोटोग्राफीको ज्ञान हुनु आवश्यक ठानेर तालिम सञ्चालन गर्न गरिएको बताए।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन बोर्ड र अन्य सम्बन्धित सरोकारवालाहरूको क्षमता अभिवृद्धि गरी कोभिड–१९ पछिको राष्ट्रिय पर्यटन रिकभरी रणनीतिको तर्जुमामा सहयोग गर्नेलगायत रिकभरी प्रयासहरूलाई तीव्रता दिएको बताए।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ००:००  ११ : १० बजे